डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनको मृत्यु

पाँजलो न्युज
२८ असोज २०८२ ४:०३

दिपायल– डोटीको बडिकेदार गाउँपालिका – ३ देवलको कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार बडिकेदार – ३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु हो सोमबार राति डेढ बजेको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले बताए ।

चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेको र प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरी निरीक्षक रावल बताए ।जिप कैलालीको घोडाघोडी नगरपालिका – ८, मैनापोखरी बस्ने २७ वर्षीया सरोज वि.क.ले चलाएको जनाएको छ।

चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरी निरीक्षक रावलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *