मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ- कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारमा डुबेको र छाडातन्त्र बढेको बताए । उनले विदेशी हस्तक्षेप र धर्म परिवर्तन बढेको भन्दै राजसंस्था आवश्यक रहेको बताए । थापाले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षणका लागि राजसंस्था आवश्यक रहेको उल्लेख गरे ।

पाँजलो न्युज
१९ असार २०८२ ५:३३
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ- कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको दाबी गर्दै छाडातन्त्र रोक्नका लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा बुधवार राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे ।

उनले मुलुक अभिभावक विहीन भएको चर्चा गर्दै यसैका कारण  विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए । अहिले कसैको डरभर नभएकोले राष्ट्रद्रोह कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो ।

धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे । यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको स्पष्टोक्ति थियो । उनले थपे, ‘राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि  राजसंस्था हामीहरूको आस्था र विश्वास सहितको वैचारिक अवधारणा हाे ।’

कार्यक्रममा पार्टीका नेताहरु डाक्टर बिष्णु भण्डारी, केशबराज श्रेष्ठ , अन्जना शाह रावल र जिबछ मिश्रले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *