डोटी– के.आई.सिंह गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ मा श्रमदान अभियान चलाउने भएको छ ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले मंगलवार गाउँपालिकाको १७ औं गाउँसभाको नीति तथा कार्यक्रममा “घरघरवाट वढाउँ हात–श्रमदानमा गरौं साथ !” भन्ने नाराका साथ श्रमदान अभियान संचालन गर्ने बुँदा प्रस्तुत गरेका छन ।
गाउँपालिकाभित्रका मुख्य योजनाहरूको छनोट गरि श्रमदान मार्फत निर्माण सम्पन्न गर्ने तथा पालिका भित्रका विधालयहरूमा समेत श्रम संस्कृति विस्तार गर्ने नीति गाउँपालिकाले लिएको छ ।
“वडालाइ समेत श्रमदानवाट बनाउनु पर्ने योजनाहरुको माग गरिएको छ”, अध्यक्ष लोकेन्द्र वहादुर शाहीले भने, “पालिकाले पनि ठोस र महत्वपूर्ण योजना छनोट गरि श्रमदानवाट सम्पन्न गर्नेछ ।” उनले सिमित स्रोत साधन आयस्रोत भएकाले जनताहरुका असिमित माग पुरा गर्न विगतमा आफूले सुरु गरेको श्रमदान अभियानलाइ तिव्रता दिइने वताए ।
श्रमदान अभियानलाइ विधालय स्तरमा समेत विस्तार गर्ने तयारी गाउँपालिकाको रहेको छ । गाउँपालिकाभित्रका आधारभूत एवम माध्यामिक स्तरका सवै विधालयहरुमा कम्तीमा २ योजना माग गरि विधार्थी शिक्षक अभिभावक तथा जनप्रतिनिधीहरुको श्रमदान रहने गरी अभियान थाल्ने कार्यक्रम नीतिमा समावेश गरिएको छ ।
श्रमदानमार्फत बन्ने योजनाहरुमा आवश्यक निर्माण सामाग्रीहरुको खर्च भने गाउँपालिकाले व्यहोर्ने गरि बजेट ल्याउने तयारी गरेको छ ।
यस अघि केआईसिंह गाउँपालिकाले श्रमदानवाट तुस्यात खोलामा ४० लाख बरावरको आरसिसि ढलान, वायलमा पुल निर्माण लगायतका योजना सम्पन्न गरेको थियो ।
प्रतिक्रिया