बोगटानमा उदघोषण एवम पत्रकारिता तालिम सम्पन्न

पाँजलो न्युज
२२ जेठ २०८२ १४:२८
बोगटानमा उदघोषण एवम पत्रकारिता तालिम सम्पन्न

डाेटी- बोगटान फूडसिल गाउँपालिकामा विभिन्न वडाका २४ किशोरीहरुले तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम लिएका छन ।

नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फूडसिल गाउँपालिकाको सहयोगमा संचालित तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ ।

जेठ १९ गते देखि २१ सम्म संचालित सो तालिमको बुधबार समापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमको सभापतित्वमा सम्पन्न सो तालिममा प्रमुख अतिथि बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल गडसिला रहनु भएको थियो ।

पत्रकार महासंघका अध्यक्ष बमले बोगटान फूडसिल गाउँपालिकाका किशोरीहरुको क्षमता विकास एवम महिला पत्रकारहरु उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

प्रमुख अतिथी गडसिलाले किशोरीहरुले तालिमबाट सिकेका कुराहरुबाट आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्ने अपेक्षा रहेका बताउनु भयो ।

उनले आगामी आर्थिक बर्षबाट पत्रकारिता पढ्ने चाहने पाँच जना किशोरीहरुलाई पूर्ण छात्रबृतिमा पढाउने घोषणा समेत गर्नुभयो ।

साथै अध्यक्ष गडसिलाले तालिम लिन किशोरीहरुलाई उद्घोषण कलाको उपयोग गर्न आगामी दिनहरु विद्यालयहरुमा प्राथमिकता दिने गरि प्रधानाध्याकहरुलाई परिपत्र गरिने बताउनुभयो ।

बाेगटान फूडसिल गाउँपालिकाले विगत ४ बर्षदेखि किशाेरीहरूकाे क्षमता विकासका लागि पत्रकारिता सम्बन्धि तालिम महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत बजेट बिनियाेजन गर्दै आएकाे छ ।

गाउँपालिका उपाध्यक्ष बिष्ना देउबा वमले दुर्गम गाउँमा रहेका किशाेरीहरू अवसर नपाएर प्रतिभाहरू लुकाउन वाध्य रहने अवस्थालाई परिवर्तन गर्न विभिन्न क्षमता विकासका तालिमहरू महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत संचालन गरिरहेकाेे बताउनु भयाे । उपाध्यक्ष वम तालिमकाे उद्घाटन शत्रमा प्रमुख अतिथिका रूपमा रहनु भएकाे थियाे ।

तालिममा पत्रकार मोहन शाही, प्रकाश बम, विक्रम खडका, दिपेन्द्र खड्काले उदघोषण गर्ने सीप कला, ध्यान दिनुपर्ने कुराहरुका सैद्धान्तिक कुराबारे प्रशिक्षण दिदै प्रयोगात्मक अभ्यास समेत गराउनु भएकाे थियाे ।

तालिमका सहभागिहरुका मध्यबाट चन्दु धामी र बिमला बोहराले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा समेत उतारिने प्रतिबद्धता गरे । उनीहरूले आगामी दिनमा पुर्नताजगी तालिमकाे आयाेजना गर्न समेत माग राखे ।

समापन कार्यक्रमकाे संचालन तालिमका प्रशिक्षार्थी रेखा वम र उषा वमले गरेका थिए ।

तालिमको समापन कार्यक्रममा बोगटान फूडसिल गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्रमान सुनार, चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेशराज जोशी लगायतले तालिममा सहभागि किशोरीहरुको क्षमता विकास देखेर खुसि लागेको बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *