डोटी– बोगटान फूडसिल गाउँपालिकाकी उपाध्यक्ष विष्णा देवी वमले डोटीको दुर्गम क्षेत्र केदारअखडा पुगेर ९ जनालाई गाउँमै अपाङ्गता परिचयपत्र हस्तान्तरण गरेकी छन्।
जिल्लाको सबैभन्दा दुर्गम वडामध्ये एक बोगटान फूडसिल गाउँपालिका–२, केदारअखडामा उपाध्यक्ष वमले शारीरिक रूपमा असक्त, आर्थिक रूपमा कमजोर तथा भौगोलिक रूपमा पहुँचविहीन रहेका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेकी हुन्।
सोमबार २४ बर्षिया पवित्रा भूलमा खुसीको सीमा थिएन । गाउँपालिका उपाध्यक्ष विष्नादेवी वमले रातो रंग (क वर्ग) को अपाङ्ग परिचयपत्र गाउँमै गएर थमाएपछि हर्षविभोर भइन ।
अववाट उनी बोगटान फूडसिल गाउँपालिकाबाट सामाजिक सुरक्षा भक्तावापत मासिक तीन हजार नौ सय ९० रुपैयाँ पाउने भएकी छन ।
सोमबार उपाध्यक्ष वमको नेतृत्वमा गएको टोलीले ६ जनालाई ‘ख’ वर्गको र एक जनालाई ‘ग’ वर्ग को तथा एक जनालाई ‘घ’ वर्ग को अपाङ्गता परिचयपत्र वितरण गरेको थियो।
“धेरैजसो शारीरिक रूपमा असक्त व्यक्तिहरू पालिकामा आउन नसकेर परिचयपत्रबाट वञ्चित छन् भन्ने जानकारीपछि हामी चिकित्सकसहित गाउँ–गाउँ पुगेर परिचयपत्र वितरण गरिरहेका छौं,” उपाध्यक्ष वमले भनिन्, “अहिलेसम्म धेरै जनालाई यसै अभियानअन्तर्गत परिचयपत्र वितरण भइसकेको छ। सोमबार केदारअखडामा ९ जनालाइ वितरण गर्यौ ।”
‘ख’ वर्गको अपाङ्गता परिचयपत्र निरज साउँद, गोमादेवी विष्ट, मिनबहादुर साउँद, निर्मला कुमारी बोहरा, देवबहादुर बोहरा, लोकबहादुर बोहरा , ‘ग वर्गको एकेन्द्र बोहरा तथा ‘घ वर्गको लोकबहादुर बोहरालाइ परिचयपत्र वितरण गरिएको थियो ।
‘ख’ वर्गका परिचयपत्र प्राप्त गर्ने व्यक्तिहरूलाई मासिक रु दुइ हजार एक सय २८ रुपैयाँ सामाजिक सुरक्षा भत्तावापत प्रदान गरिन्छ ।
उपाध्यक्ष वमको नेतृत्वमा चमरा चौतारा स्वास्थ्य चौकीका प्रमुख संञ्जीत यादव, केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रकी इन्चार्ज सारा भण्डारी, अहेव गौतम भट्ट लगायतको टोली खटिएको थियो।
पछिल्लो समय उपाध्यक्ष वमले पालिकाका सबै वडामा अभियान सञ्चालन गरी अपाङ्गता परिचयपत्र वितरणमा सक्रियता देखाइरहेकी छन्।
बोगटान फूडसिल गाउँपालिका–२ का वडाध्यक्ष भरत वमले दुर्गम गाउँमै पुगेर परिचयपत्र वितरण गरी अपाङ्गता भएका व्यक्तिहरूलाई “नजिकको सरकार”को अनुभूति दिलाएको भन्दै उपाध्यक्षसहितको टोलीलाई धन्यवाद व्यक्त गरे।
उनले लामो समयदेखि परिचयपत्र वितरणको पहल गर्दै आएको र अहिले आएर त्यो प्रयास सफल भएकोमा खुसी व्यक्त गरे।
प्रतिक्रिया