(डोटी)– के.आई.सिंह गाउँपालिका मा २ दिने डिजिटल साक्षरता सम्बन्धी क्षमता बिकास तालिम सम्पन्न भएको छ । अधिकारका लागि महिला संघ डोटीको आयोजना तथा केआईसिंह गाउँपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको थियो ।
तालिममा के.आईसिंह गाउँपालिकाका ७ वटै वडाका एक सय १५ महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई डिजिटल माध्यमको सही सदुपयोग कसरी गर्ने, कसरी डिजिटल माध्यमलाई सामाजिक एवम व्यक्तिगत जीवनमा उपयोग गर्ने, विभिन्न बिकृती र अपराधबाट कसरी सुरक्षीत हुने लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमको समापनका प्रमुख अतिथी लोकेन्द्र बहादुर शाहीले डिजिटल मिडियाको सदुपयोग गरि गाउँपालिकाका विकास निर्माण, धार्मिक, सांस्कृतीक एवम कृषि पर्यटनको प्रवद्र्धन गर्ने खालका भिडियो तथा फोटोको प्रचारप्रसार गर्नेलाई पुरस्कृत गर्ने घोषणा गरे ।
गाउँपालिका उपाध्यक्ष मिना बिष्टले महिलाहरुको सशक्तिकरणका लागि डिजिटल साक्षरता सम्बन्धी तालिमअपरिहार्य रहेको बताइन । अधिकारका लागि महिला संघकी अध्यक्ष प्रमिला परियारले आगामी दिनमा डिजिटल साक्षरता सम्बन्धी तालिम वडास्तरमा समेत आयोजना गरिेने बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य नरेश खडका, वडा नं. ४ का वडाध्यक्ष जयलाल धामी, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ डोटीका निर्वतमान अध्यक्ष मोहन शाही तथा गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष लाल बहादुर बिकले गरेका थिए ।
प्रतिक्रिया