इलाममा ज्वाईले सासुको हत्या

पाँजलो न्युज
१३ वैशाख २०८२ ४:१३
इलाममा ज्वाईले सासुको हत्या
इलामः इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन्।

माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया  भूमिका चापागाईँको हत्या गरेका हुन्। हिजो बेलुका दुलालले चापागाईँको टाउकोमा हतियार प्रहार गरी घाइते बनाएका थिए। घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताए।

दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ। केही समय अघि  मुद्दाकै क्रममा अदालत पुगेका दुलाल र चापागाईँ बिच पनि अदालत परिसरमा विवाद भएको थियो।  हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *