सबीले भारतमा जितिन् ‘ड्याज्लिङ डिभा’ अवार्ड

पाँजलो समाचार
५ कार्तिक २०८१ ५:२०
सबीले भारतमा जितिन् ‘ड्याज्लिङ डिभा’ अवार्ड
नेपाली सुन्दरी सबी थापा

भारतको जयपुरमा आयोजित ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ड्याज्लिङ डिभा’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि हात पारेकी हुन् । 

सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी निवासी १८ वर्षकी सबीले प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । 

सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन् । सबीले शीर्ष उपाधि नजिते पनि विधागततर्फको उपाधि जित्न पाउँदा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *