दार्चुलाको  तिंकर नाका सञ्चालनमा आउने

पाँजलो न्युज
१८ जेठ २०८१ १०:५१
दार्चुलाको  तिंकर नाका सञ्चालनमा आउने

दार्चुला– दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

चीनको तिब्बत (बुराङ काउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *