डोटीमा एक जना मृत अवस्थामा फेला

पाँजलो न्युज
१७ वैशाख २०८१ २:५९
डोटीमा एक जना मृत अवस्थामा फेला

दिपायल:- डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *