कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला अध्यक्षको लागि लक्ष्मी बुढा र अशोक कुमार चन्दको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जना आकांक्षी थिए ती मध्ये अन्य दुई जनाले पदाधिकारीमा उम्मेदवारी दिएपछि अध्यक्षमा बुढा र चन्दबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा पल्लवराज भट्ट, कर्णबहादुर चन्द र राधाकृष्ण जोशी (ज्वाला)ले प्रतिस्पर्धा गर्दै छन्। उपसचिवमा १० जनाको उम्मेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकका अनुसार उपसचिवमा जगतबहादुर सिंह, भारमल सुनार, आरपी सार्की, कुमारी लक्ष्मी भट्ट, राजीव खड्का, केशवबहादुर चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द र चाँदनी धामी राना रहेका छन्। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४मतदाता रहेका छन् ।
बिहीबार कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न र सहमति नहुँदा स्वच्छ प्रतिस्पर्धा गर्न नेता कार्यकर्ताहरूलाई सुझाव दिएका थिए ।






प्रतिक्रिया