सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसहित तीन प्रदेश प्रमुखले लिए शपथ

संबाददाता
१ चैत २०८० ६:०४
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसहित तीन प्रदेश प्रमुखले लिए शपथ

दिपायल- सुदूरपश्चिम, मधेस, गण्डकी प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार केही बेरमा मधेस प्रदेशको प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।शपथका लागि बुधबार साँझ ५: ३० बजेको समय तोकिएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि भण्डारी, भट्ट र मियाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *