बडीकेदार गाउँपालिका द्वारा नयाँ कर्मचारीहरूलाई स्वागत

गणेश मौनी
२७ फागुन २०८० १३:५६
बडीकेदार गाउँपालिका द्वारा नयाँ कर्मचारीहरूलाई स्वागत
(डोटी)डोटीको बडीकेदार गाउँपालिकाले पालिकामा नयाँ काम गर्न आएका कर्मचारीहरूलाई स्वागत गरेको छ ।
पालिकाले प्रदेश लोकसेवा आयोगबाट पास भई आएका र पालिकाले करार सम्झौतामा नयाँ भर्ना गरेका विभिन्न पदका कर्मचारीहरूलाई आइतबार स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले कर्मचारीहरूले आफ्नो काम लगनसित, पूर्ण बफादारी भई इमानदार तरिकाले काम गर्नुपर्ने बताए ।
नयाँ कर्मचारीहरूलाई पालिकामा स्वागत गर्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले कर्मचारीले पालिकाको सबै पक्षको हितमा रहेर काम गर्नुपर्ने बताए ।
उनले भने गाउँपालिका हामी सबैको हो हामी सबैले जनताको लागि काम गर्नुपर्छ, सेवा प्रवाहमा जनतालाई दुःख दिने काम गर्नु हुन्न सबै कर्मचारीहरूले एक आपसमा समन्वयको वातावरणमा मिलेर काम गर्न निर्देशन समेत दिएका थिए ।
कर्मचारीहरूले विभिन्न बहानामा आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने यदि कुनै कर्मचारी बाट त्यस्ता गतिविधि भएको अवस्थामा स्वयं व्यक्ति नै कानुन बमोजिम कारबाहीको भागीदार बन्नुपर्ने समेत बताए । पालिकामा राम्रो काम गर्ने कर्मचारीहरूको मूल्याङ्कन गरी पुरस्कृत गरिने समेत अध्यक्ष साउँदले बताए ।
प्रदेश लोक सेवा आयोगबाट पास भई आएका दुई जना चौथो तहका प्राविधिक र पालिकाले सेवा करारमा भर्ना गरेका एक जना प्राविधिक र २ जना स्वीपरलाई शपथ ग्रहण सहित स्वागत गरेको पालिकाले जनाएको छ । स्वागत कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, पत्रकारहरूको सहभागिता रहेको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *