समाजवादी मोर्चा बडीकेदारको संयोजकमा दीपेन्द्र सी चयन

गणेश मौनी
१८ फागुन २०८० १६:४१
समाजवादी मोर्चा बडीकेदारको संयोजकमा दीपेन्द्र सी चयन
(डोटी )समाजवादी मोर्चा नेपाल बडीकेदारको संयोजकमा दीपेन्द्र सी चयन भएका छन् । समाजवादी मोर्चाले बिहीबार बडीकेदार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी सात सदस्यीय समिति विस्तार गरेको थियो । समितिको सदस्यहरूमा तारा नामजाली, कृष्ण सापकोटा, देबिसरा घर्ती, लाल ब बोहरा, लक्ष्मण सी  र खडक पुन रहेका छन् । समाजवादी मोर्चाले जिल्ला समिति घोषणा पछि पालिका कमिटी बिस्तार गर्न थालेको छ ।
दीपेन्द्र सिको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य विमल सिको प्रमुख आथित्यता मा सम्पन्न भएको कार्यक्रममा समाजवादी मोर्चा नेपाल डोटी तथा माओवादी केन्द्रका जिल्ला संयोजक कमल बहादुर गड्सीला विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा समाजवादी मोर्चा सँग आबद्ध नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *