डोटीमा एक विद्यार्थी मृत अवस्थामा भेला

पाँजलो न्युज
७ माघ २०८० १४:५६
डोटीमा एक विद्यार्थी मृत अवस्थामा भेला

डोटी- डोटीमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।
बडीकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा प्राविधिक धार तर्फ डिप्लोमा इन सिभिल इन्जीनीयरीङ छैटौँ सेमेस्टरमा अध्ययनरत वर्ष २२का राजीव मास्कीमगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिपीनगरका प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।
बडीकेदार गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको काटेपानी पातल भीरमा बाटोबाट करिब ७ सय मिटर तल भिरमा मास्कीमगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक मास्कीमगर शनिवार देखि बेपत्ता रहेका थिए । घटनास्थलमा प्रहरी पुगी मुचुल्काको काम भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *