
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार प्रदेशमा रहेका विभिन्न जलविद्युत आयोजनाबाट १६५ मेगावाट विद्युत उत्पादन भइरहेकोमा १५ प्रतिशत परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् । राष्ट्रिय जनगणना ०७८ अनुसार सुदूरपश्चिममा ५ लाख ७७ हजार १०२ घरपरिवारको बसोबास छ। सात पहाडी जिल्लामा २ लाख ६९ हजार ७३३ परिवारको बसोवास रहेकोमा एक लाख ७३ हजार ८४६ परिवारमा विद्युत सुविधा पुगेको तथ्यांक छ।
सान्नीगाढ हाइड्रो लिमिटेडले माथिल्लो कालंगागाड जलविद्युत आयोजनाबाट ३८.४७ मेगावाट उत्पादन गरेको छ । उक्त आयोजनाले ०७९ माघबाट व्यवसायिक उत्पादन सुरु गरेको हो । कालंगा हाइड्रोले १५.३७ मेगावाट विद्युत कालंगागाड जलविद्यित आयोजनाबाट उत्पादन गरिरहेको छ । बुगल हाइड्रो लिमिटेडले माथिल्लो सानीगाढ जलविद्युत आयोजनाबाट १०.७ मेगावाट र रंगुनखोला हाइड्रो पावर लिमिटेडले देउलीगाड जलविद्युत आयोजनाबाट एक मेगावाट उत्पादन गरिरहेको छ ।
‘व्यवसायिक उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा जोडिएको पछिल्लो आयोजना १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना हो,’ यी चारवटै कम्पनीका संस्थापक सञ्चालक वीरेन्द्रबहादुर मल्लले भने, ‘बझाङका चारवटै आयोजनाबाट ६५.५४ मेगावाट विद्युत व्यवसायिक उत्पादन भइरहेको छ । सबैभन्दा सुरुमा त देउलीगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु गरेका हौं ।’
शैलेश्वरी पावर लिमिटेडले डोटीको गड्डीगाडबा एक मेगावाट उत्पादन तयारी अन्तिम चरणमा पुगेको शैलेश्वरी पावर लिमिटेडका प्रमुख बिरेन्द्र मल्लले बताए । प्राधिकरणका प्रादेशिक प्रमुख चन्दकाअनुसार जिल्लास्तरमा दुई सय किलोवाट क्षमतामा विद्युत उत्पादन गरिरहेका लघु आयोजना पनि छन् । प्रादेशिक कार्यालय अत्तरियाका अनुसार उत्पादन र ग्रीड केन्द्रबाट हेरिने र वितरण मात्र अत्तरिया कार्यालयले हेर्ने भएकाले यकिन तथ्यांक अझै भन्न नसकिएको कार्यालय प्रमुख मल्ल बताउँछन् । प्राधिकरणका अनुसार सुदूरपश्चिममा १६५ मेगावाट उत्पादन भएपछि हिउँदमा पानीको सतह घट्दा उत्पादन घट्ने गरेको छ । प्रादेशिक कार्यालय प्रमुख चन्दले ७० मेगावाट भारतबाट आयात गर्ने गरिएको बताए । उनले भने ‘सुदूरपश्चिमबाट सबैगरि २३० देखि २३५ मेगावाट विद्युत नेसनल लाईनमा पठाउँने गरिएको जानकारी दिए
ताजा समाचार
-

सिंहकाे जिम्मेवारी खाेसेर डाेटीमा बलायरलाई कार्यवाहक
-

बाढीपीडितका लागि चण्डिका इङ्लिस बोर्डिङ स्कुलद्वारा २० हजार १५५ रुपैयाँ सहयोग
-

डोटी उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा चारसहित विभिन्न पदमा २८ जनाको उम्मेदवारी
-

डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष
-

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा






प्रतिक्रिया