टीकापुरमा छोराभन्दा अब्बल बन्दै छोरीहरू

पाँजलो न्युज
१२ कार्तिक २०८० ७:३१
टीकापुरमा छोराभन्दा अब्बल बन्दै छोरीहरू

टीकापुर- बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो। बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ। त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन्।

नवदुर्गा आधारभूत विद्यालयका शिक्षिका सूर्या भट्टराई शिक्षकले पनि छात्राको हौसला बढाउने काम गर्नुपर्नेमा जोड दिन्छन्। ‘छात्रालाई घरको काम पनि गर्नुपर्ने भएकाले उनीहरूलाई शिक्षा र अन्य अवसरका लागि नेतृत्व दिँदा शिक्षक जिम्मेवार बन्नुपर्छ’, उनी भन्छन्, ‘विद्यालयमा पनि सकारात्मक विभेद आवश्यक छ।’

टीकापुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सङ्गीता शाह छोरी जन्मेदेखि नै अभिभावकमा छोरी नेतृत्व सम्हाल्न सक्छिन् भन्ने सोचसहित हुर्काउनुपर्नेमा जोड दिन्छिन्। ‘‘सशक्तीकरणका लागि छोरीलाई पनि तिमी जसरी पनि सक्षम हुनुपर्छ भनी उनीहरूको मनमा चाहना जगाइदिनुपर्छ’, उनी भन्छिन्, ‘छात्रालाई मानसिकरूपमा पनि सक्षम बनाउने, उसलाई आर्थिकरूपमा पनि सक्षम बनाउनका लागि शिक्षामा पनि बढी लगानी आवश्यक छ।’

छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन्। अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ। सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन। छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ। –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *