भोली दसैंको टीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा

पाँजलो न्युज
६ कार्तिक २०८० १३:०९
भोली दसैंको टीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा

दिपायल- बडा दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते भोलि (मंगलवार) बिहान ११ बजेर २ मिनेटमा रहेको छ।नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *