कीर्तिमानी आरोही तेन्जेन शेर्पाको हिमपहिरोमापरी मृत्यु

पाँजलो न्युज
२२ असोज २०८० ६:१७
कीर्तिमानी आरोही तेन्जेन शेर्पाको हिमपहिरोमापरी मृत्यु

काठमाडौं- छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका किर्तीमानी आरोही तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन् ।
निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल आरोहण गरेर सो रेकर्ड तोडेका थिए । तर, चीनको शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिवार देखी बेपत्ता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *