
बैतडी : बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको ४ दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउँन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् । महिनावारी भएको बेला अधिकांश महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन् ।,’ स्थानीय चन्दले भने ।
ताजा समाचार
-

बाढीपीडितका लागि चण्डिका इङ्लिस बोर्डिङ स्कुलद्वारा २० हजार १५५ रुपैयाँ सहयोग
-

डोटी उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा चारसहित विभिन्न पदमा २८ जनाको उम्मेदवारी
-

डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष
-

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
-

खोलाले बगाउँदा जोरायलमा १० वर्षीया बालिका बेपत्ता






प्रतिक्रिया