झिमेमाविमा प्राविधिक विषय अध्ययनरतलाई पालिकाले दियो छात्रवृति 

पाँजलो न्युज
१२ असार २०८० १५:१३
झिमेमाविमा प्राविधिक विषय अध्ययनरतलाई पालिकाले दियो छात्रवृति 

(डोटी)  झिमे मालिका माविमा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृति रकम हस्तान्तरण गरिएको छ ।  मंगलबार विद्यालयले आयोजना गरेको एक औपचारिक कार्यक्रममा केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले छात्रवृति रकम हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले   प्रतिविद्यार्थी १७ हजार रुपैयाँ नगद छात्रवृति हस्तान्तरण गरेको झिमे मालिका माविका प्रधानाध्यापक नर बहादुर कार्कीले बताए । छात्रवृति रकमले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने प्रअ कार्कीको भनाइ थियो ।  केआइसिंह गाउँपालिकाको वडा नं वायल स्थित झिमेमालिका माविमा विगत ३ शैक्षिक सत्र यताबाट जेटिएको १८ महिने कोर्स पढाइ हुँदै आएको छ । चालु शैक्षिक सत्रमा अध्ययनरत २३ विद्यार्थी रहेका छन् ।

गाउँपालिकालाई कृषिमा आत्म निर्भर बनाउन तथा जेटिए विषय पढ्नका लागि आर्कषित गर्न छात्रवृति प्रदान गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । गत शैक्षिक सत्रमा ५ जना विद्यार्थीलाई प्रति व्यक्ति ४० हजार छात्रवृति दिएकोमा यसवर्ष केआइसिंह गाउँपालिकाका २३ विद्यार्थीलाई छात्रवृति दिइएको केआइसिंह गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर बहादुर बोगटीले जानकारी दिए ।  गाउँपालिका अध्यक्ष शाहीले छात्रवृति हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षबाट जिल्लाभित्र बसोबास गर्ने जुनसुकै बिद्यार्थी भएपनि झिमेमालिका माबिमा जेटिए अध्ययनका लागि आएमा छात्रवृति प्रदान गरिने घोषणा गरे ।

०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी घोषणा पत्र अनुसार झिमेमालिका माविमा प्राबिधीक विषयको अध्यापनका लागि अनुमती दिइएको बताउँदै अध्यक्ष शाहीले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि लगानी गर्न आफू तयार रहेको बताए ।छात्रवृति हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष जयबहादुर धामी, वडा नं. १ का वडाध्यक्ष कृष्ण बहादुर बम, प्रमुख प्रशासकीय अधिकृत सुरत बहादुर परियार, जिल्ला खेलकुद विकास समिति डोटीका अध्यक्ष प्रकाश शाही लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *