वडा स्तरिय बाल भेला तथा स्थानिय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

गणेश मौनी
६ असार २०८० १३:३४
वडा स्तरिय बाल भेला तथा स्थानिय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ र २ अन्तरगत रहेका बालबालिकाहरुको सहभागितामा आयोजना गरेको वडा स्तरिय बाल भेला तथा स्थानिय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई आफ्ना सवालहरु आफै पहिचान गरी पालिकालाई आवश्यक निति, कार्यक्रम निमार्ण गर्न सहजताहोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । बाल भेलामा बालबालिकाहरुले आफ्ना सवाल र माग संकलन गरि वडा अध्यक्षलाई पेश गरेका थिए ।
आदर्श गाउँपालिकाको सहकार्य समान पहुँच विकास केन्द्र डोटीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो । असार ४ र ५ गते छुट्टादुट्टै वडामा भएको अभिमुखिकरण कार्यक्रममा ३०,३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *