घोडादौडको पुरस्कार बझाङलाई

पाँजलो न्युज
१६ जेठ २०८० ६:४१
घोडादौडको पुरस्कार बझाङलाई

धनगढी । डोटीमा आयोजित घोडादौड प्रतियोगिताको सबै पुरस्कार बझाङकै हातमा परेको छ। प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार बझाङले नै हात पारेको हो।

खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने गंगादशहरा मेलाको अवसरमा आयोजित घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छन् भने बझाङकै पदमराज पाध्य द्वितीय र जिवन शाही तृतीय भएका छन्। सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग बाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भएको थियो।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका १२ जना प्रतियोगी रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *