दार्चुला। दार्चुलाको व्यास गाउँपालिकामा मात्रै बसोबास रहेको व्यासी सौका समुदाय जिल्ला सदरमुकाम क्षेत्रमा गर्मी बढेपछि आइतवारदेखि कुञ्चा सर्ने तयारीमा रहेका छन् ।दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने व्यासी सौका समुदाय भारतको बाटो भएर कुञ्चा सर्ने तयारीमा रहेका व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिए। आइतवार भोलि छाङरु र तिङ्करका गरी करिब ७० परिवार कुञ्चा सर्ने तयारीमा रहेका उनले बताए। उनीहरु भोलि सदरमुकामबाट आफ्ना पशुचौपायासहित तिङ्कर जाने तयारीमा रहेका बताइएको छ।
भारतीय प्रशासनको अनुमति लिएर तिङ्करवासीले आइतवार कुञ्चा सर्ने तयारी गरेका हुन्। खलंगाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी चौथो दिन छाङरु तिङ्कर पुगिन्छ । व्यासी सौका समुदाय गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए । तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने बताइएको छ । व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने छन्।
प्रतिक्रिया