होटेल व्यवसायी सघ डोटीको अध्यक्षमा खड्का चयन

गणेश मौनी
५ वैशाख २०८० १७:२८
होटेल व्यवसायी सघ डोटीको अध्यक्षमा खड्का चयन

डोटी । होटल व्यवसायी सघं डोटीको अध्यक्षमा लोक बहादुर खड्का सर्बसम्मत चयन भएका छन् । संघको १५ औँ साधारण सभा एवं पाँचौँ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष खड्का संगै अन्य १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिस कुँवर चयन भएका हुन् ।
त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् । भने अन्य सदस्यहरूमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।
होटल ब्यवसायी संघ डोटीका निवर्तमान अध्यक्ष राजेन्द्र शाहीको अध्यक्षतामा चलेको साधारण सभा एवं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अथिती जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह, विशिष्ठ अथिती दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का सरोकारवाला निकाय, होटल ब्यवसायी, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *