सुदूरका पहाडी जिल्लामा शैक्षिक सत्र सुरु नहुदै पुगे पाठ्यपुस्तक

गणेश मौनी
४ वैशाख २०८० ५:२०
सुदूरका पहाडी जिल्लामा शैक्षिक सत्र सुरु नहुदै पुगे पाठ्यपुस्तक

 डोटी ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यस बर्ष शैक्षिक सत्र सुरु नहुदै पाठ्यपुस्तक पुगेका छन् ।
कक्षा १–५का पाठ्यपुस्तक आपुर्ति गर्ने जिम्मा प्र्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६–१० कापाठ्य पुस्तक आपुर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।
कक्षा ६–१० का पाठ्यपुस्तक आपुर्तिको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य रहेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख धुर्ब पन्तले बताउनु भयो ।
जनक शिक्षा सामाग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१०को पाठ्य पुस्तक दार्चुला र बाजुरा जिल्ला बाट बितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडी जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा, बैतडी जिल्लाहरुमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक बितरण गरिसकेको छ भने अन्य बाकी रहेका डोटी, डडेलधुरा, कैलाली कंचनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक बितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० को लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकोले सबै जिल्लालाई पुग्ने किसीमको सबै विषयबस्तु सहितको पाठ्यपुस्तक ब्यवस्थापनमा रहेको समेत प्रमुख पन्तले बताए । उनले भने गत बर्ष बिद्यार्थिले समयमा पाठ्यपुस्तक नपाउदाँ बिद्यार्थिले साहै हैरानी ब्यहोनु परेको थियो सोही मर्मलाई बुझेर हामिले यस वर्ष सुदूरका दुर्गम जिल्लाका बिटक बस्तीहरुमा समयमै पाठ्यपुस्तक पुर्याउन पहल गरेका छौ ।
बाजुराको कोल्टी, दार्चुलाको लिपुलेकमा समेत शैक्षिक सत्र सुरुहुनु अगाबै पाठ्यपुस्तक पुगीसकेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ ।
सामुदायीक बिद्यालयमा कक्षा १–५ का पाठ्यपुस्तकहरु आपुर्तिको जिम्मा प्राईभेट कम्पनीहरुले लिएको छ । प्राईभेट कम्पनीहरुले पनि बिद्यालयले माग गरे अनुसार १–५ का पाठ्यपुस्तकहरु जिल्लाहरुमा आइपुगेको दिपायल पिपल्लास्थित प्राची बुक्स एण्ड सप्लार्यसका सञ्चालक डिक बहादुर महराले बताउनु भयो । उनले भने कक्षा १–५ का पाठ्यपुस्तकहरु हामीले माग गरे अनुसारका सबै पुस्तकहरु जिल्लामा पुगिसकेका छन् बिद्यालयमा पठाउने कार्य भईरहेको छ ।
डोटी जिल्लामा कक्षा ६–१० का लागि आवश्यक पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रले केही दिन भित्र आवश्यक माग अनुसारका पाठ्यपुस्तक उपलब्ध गराउने जानकारी गराईसकेको संचालक महराले बताए । गत बर्ष पुस मसान्त सम्म पनी केही पाठ्यपुस्तकहरु नपुगेको बताउदै यस बर्ष बिद्यार्थिलाई पढाईमा सहजता हुने समेत महराले बताए ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिना, ८ महिना बितिसक्दा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो तर यस बर्ष शैक्षिक सत्र शुरु हुनु अगाबै पाठ्यपुस्तक आईपुग्दा बिद्यार्थिहरुको पठनपाठनमा सहजताहुने देखिएको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । ३ सय ८८ वटा सामुदायीक बिद्यालय रहेको डोटीमा करिब ६० हजारको हाराहारीमा बिद्यार्थिहरु रहेको शिक्षा बिकास समन्वय इकाई डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *