नेपालमा एकैदिन ९८ जनामा कोभिड संक्रमण पुष्टि

पाँजलो न्युज
२३ चैत २०७९ ११:३९
नेपालमा एकैदिन ९८ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं । नेपालमा  बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

१ हजार ७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *