कृष्णपुरबाट अवैध सामान बरामद

पाँजलो न्युज
२० चैत २०७९ ७:१५
कृष्णपुरबाट अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरबाट अवैध सामान बरामद गरिएको छ । कृष्णपुर नगरपालिका – ८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुई थान मोटरसाइकलसहित प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा से.३ प. १३६७ र से.३ प. ६७३६ नम्बरका दुई थान मोटरसाइलक सहित भन्सार छलीका सामान बरामद गरेको छ ।

कुलर तीन थान, बिभिन्न कम्पनीका जुत्ता, स्टेप्लाईजर, पिठो गरी करिब दुई लाख तीन हजार तीन सय मुल्य बराबरका सामान प्रहरीले जफत गरेको हो । मोटरसाइकल सहित भन्सार छलीका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *