बीर–दुर्गा – प्रश्रय स्मृति अक्षयकोषद्धारा झोला बितरण

पाँजलो न्युज
१३ चैत २०७९ १५:२९
बीर–दुर्गा – प्रश्रय स्मृति अक्षयकोषद्धारा झोला बितरण

डोटी– के.आई.सिंह गाउँपालिका वडा नं. १ डुम्राकोट स्थित डुम्राकोट आधारभुत बिधालयका बिधार्थीहरूलाइ झोला बितरण गरिएको छ । पुर्व गृहसचिव बीर बहादुर शाही, उनकी धर्मपत्नी दुर्गा देवी शाही तथा नाती प्रश्रय शाहीको सम्झनामा स्थापना गरिएको बीर–दुर्गा – प्रश्रय स्मृति अक्षयकोषको आर्थिक सहयोगमा १ सय १५ बिधार्थीलाइ झोला बितरण गरिएको अक्षयकोषका अध्यक्ष मीन बहादुर शाहीले बताए ।
आईतबार डुम्राकोट आविको प्रांगणमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाही प्रमुख अतिथि रहेका थिए । बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम रावतको अध्यक्षतामा आयोजीत झोला बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन शाहीले नेपाल सरकारको गृहसचिव समेत भएका स्व. बीर बहादुर शाही इमानदार, कर्तव्यनिष्ठ कर्मचारीका रूपमा रहेर देश बिकासमा योगदान पुर्याएको स्मरण गरे । स्व. शाहीले जीवनमा कहिल्यै पनि लोभलालच नगरि आफन्तबाद, कृपाबाद नगरि ईमानदारीपुर्वक खेलेको भुमिकाबाट सबैले प्रेरणा लिनुपर्ने बताए । डुम्राकोट जन्मिएका बीर बहादुर शाहीका नाती प्रश्रय शाहीको दोस्रो चरणमा आएको कोरोना संक्रमणबाट काठमाडौंमा उपचारका क्रममा मृत्यू भएको थियो । स्व. शाहीका कान्छा छोरा सुमन शाही र बुहारी प्रिति शाहीले आफ्ना माता पिता र छोराको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजले बर्षेनी बिपन्न , गरिव , जेहेन्दार छात्रछात्रा तथा सैनिकका छोराछोरी र समाजमा योगदान पुराउने व्यक्तिलाई सहयोग गर्ने उदेश्य राखेको कोषका सदस्यसचिव चेतराज ओझाले बताए ।
झोला बितरण कार्यक्रममा वडा सदस्यहरू, अक्षयकोषका सदस्य एवम् साबिकको तिखात्तर गाविसका अध्यक्ष सुरत बहादुर शाही, समाजसेवी गणेश शाही, डुम्राकोट आ.बिका प्र.अ. उपेन्द्रराज अवस्थि लगायतको उपस्थिति रहेको थियो । अक्षयकोषका सदस्य सुरत बहादुर शाही तथा डुम्राकोट आविका प्रअ. उपेन्द्रराज अवस्थिले अक्षयकोषमार्फत स्व. बीर बहादुर शाही, दुर्गादेवी शाही र प्रश्रय शाहीलाइ श्रद्धासुमन ब्यक्त गरेका थिए । आफ्नो मातृभूमी सम्झेर गरिएको झोला बितरण कार्यक्रमले पुण्य प्राप्त हुने सहभागिहरूले बताए ।
झोला पाएपछि बिधार्थि र तिनका अभिभावक खुसि भएका थिए ।
डोटी डुम्राकोट जन्मघर भएका स्व. बीर बहादुर शाही बि.सं. २०४० सालमा गृह सचिव हुँदै २०४६ सालमा राजसभा स्थायी समितिका सचिव भएका थिए । २००४ सालमा उग्रतारा आधार स्कुल डडेल्धुराको स्थापना र मुख्य मास्टरको रुपमा सरकारी सेवामा प्रबेश गरी २००७ सालमा काठमाण्डौं शिक्षा विभागमा सरुवा भएका थिए । विभिन्न उच्च ओहदामा जिम्मेवारी सम्हालेका शाही गोरखा दक्षिणबाहु दोस्रो, तेस्रो र चौथो, त्रिशत्तिपट्ट तेस्रो र चौथो, निजामति सेवा पदक जस्ता राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कारबाट बिभुषित भइसकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *