डोटीमा एसईई परीक्षाका लागि एक केन्द्र थप

गणेश मौनी
११ चैत २०७९ ६:४६
डोटीमा एसईई परीक्षाका लागि एक केन्द्र थप

डोटी ।चैत्र १७ गते देखि संचालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि डोटीमा एक परिक्षा केन्द्र थप गरिएको छ ।
एसईइ परीक्षा संचालनका लागि ११ वटा परिक्षा केन्द्र रहेको डोटीमा यस वर्ष देखि सायल गाउँपालिका वडा नम्बर ५मा रहेको ओम आधारभूत बिद्यालय सुन्डमा नयाँ परिक्षा केन्द्र थप भए संगै डोटीमा १२ वटा परिक्षा केन्द्र रहेको शिक्षा बिकास तथा सम्मन्वय इकाई डोटीका शाखा अधिकृत रामदत्त भट्टले बताउनु भयो ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि डोटीमा पद्म पब्लीक मुक्तीनारायण माबी सिलगढी, दिल्पेश्वर माबी दिपायल, सुजङ, बोर्डिङ स्कुल राजपुर, रामपुर माबी बुडर, राघाकृष्ण माबी गोपघाट, बर्छैन माबी बर्छैन, दुर्गा माबी लमौते, सरस्वती माबी सानागाँउ, शारदा माबी मौवा, झिमेमालीका माबी वायल, खत्याडी माबी खत्याडी चमराचौतारामा परिक्षा केन्द्रहरु राखिएका छन् भने नयाँ केन्द्रको रुपमा ओम आधारभूत बिद्यालय सुन्डलाई राखिएको समेत शाखा अधिकृत भट्टले बताउनु भयो ।
यस बर्षको एसईई परिक्षामा डोटीबाट ४ हजार ९ जना बिद्यार्थिहरु सहभागि हुने भएका छन् । जसमा नियमित तर्फ छात्रा १ हजार ६ सय ५१, छात्र २ हजार १ सय २१ ग्रेट बृद्धी तर्फ छात्रा ३८ छात्र २४ रहेका छन् भने प्राबीधीक घार तर्फ छात्रा ७० छात्र १ सय ५ जना बिद्यार्थिहरु सहभागि हुने समेत शाखा अधिकृत भट्टले बताउनु भयो ।
राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार एसईई परीक्षा चैत्र १७ गते देखि २९ गते सम्म सञ्चालन हुने जनाएको छ । परिक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *