सारथी बचत समुहको अध्यक्षमा जोशी

पाँजलो न्युज
१५ पुष २०७९ ९:०९
 सारथी बचत समुहको अध्यक्षमा जोशी

दिपायल– दिपायलमा स्थापना गरिएको सारथी बचत तथा क्रृण समुहको प्रथम साधारण सभाले खगेन्द्र जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार सम्पन्न साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा लाल बहादुर खड्का‚ सचिवमा प्रकाश रावल‚ कोषाध्यक्षमा कर्ण भण्डारी‚ सदस्यहरूमा प्रेम सिं विष्ट‚ भुवनेश्वरी कार्की‚ रत्नादेवी भण्डारी रहेका छन् । त्यस्तै शनिबार नै क्रृण समिति पनि चयन गरेको छ । पाँच सदस्यीय क्रृण समितिको संयोजकमा गोपाल सिं भाट तथा सदस्यहरूमा नविन श्रेष्ठ‚ रतन खाती‚ मान बहादुर धामी‚ यदु पाण्डेय रहेका छन् । अध्यक्ष जोशीका अनुसार सल्लाहकार समितिको समेत गठन भएको छ । सल्लाहकार समितिको संयोजकमा भूजावन प्रसाद चौधरी‚ खडक विक्रम शाही‚ सर्वजीत देउवा रहेका छन् ।
शुक्रबार वडा नं। ४ का कार्यवाहक वडाध्यक्ष चक्र कठायतको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा शुभकामना सहित सहभागीहरूले आर्थिक तथा सामाजिक समृद्धिका लागि यो समुहले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । ३६ साधारण सदस्य रहेको समुहलाई यथाशीघ्र सहकारीका रुपमा रूपान्तरण गर्ने योजना रहेको अध्यक्ष खगेन्द्र जोशीले बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *