डोटी । सामुदायिक बिकास केन्द्र डोटीको बाषिर्क प्रगति समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रम बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।
संस्थाले आर्थिक बर्ष ०७८/०८९ मा गरेका विभिन्न परियोजना र संस्थागत गतिबीधीहरुको सार्वजनिक परिक्षण गरेको थियो । सार्वजनिक परिक्षणमा सेवाग्राही र सरोकारवाला निकायलाई संस्थाका गतिविधीहरुवारे जानकारी दिइएको थियो ।
सामाजिक परिक्षण कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटीले सुदूरपश्चिमका ६ जिल्लाहरूमा विभिन्न परियोजना संचालन गर्दै आएको छ । सामुदायिक विकास केन्द्र डोटीका लेखा संयोजक तीर्थराज पन्तले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना‚ एकिकृत सामुदायिक विकास परियोजना‚ दिवा खाजा परियोजना‚ कोभिड १९ प्रदेश शिक्षा समुह सवलीकरण कार्यक्रम‚ स्थानीय सामुदायिक विकास परियोजना संचालन गरिरहेको बताए ।
सामुदायिक विकास केन्द्र डोटी शिक्षा ‚ स्वास्थ्य ‚ कृषि लगायतको क्षेत्रमा स्थानीय सरकार‚ प्रदेश सरकार र संघीय सरकारलाई सहयोग गर्न तयार रहेको अध्यक्ष हेमराज जोशीले बताए । उनले नागरिक संस्था सरकारको समानान्तर नभई सहयोगी भएकाले हरेक गतिविधीमा सहकार्य गर्न ततपर रहेको बताए ।सामुदायिक विकास केन्द्र डोटीले स्थानीय सरकारले शिक्षा क्षेत्रमा गर्न नसकेका कार्यक्रमहरू सञ्चालन गरि सहयोग गरेको आर्दश गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । संस्थाले सञ्चालन गरेका पढाईमेला‚ शिक्षा सम्बन्धी विभिन्न अभियानहरू प्रभावकारी रहेको र स्थानीय सरकारले अनुशरण गर्ने समेत अध्यक्ष खड्काले बताए ।
सो कार्यक्रममा अधिकांस बक्ताहरुले सिडिसीले शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रति प्रंशसा गरेका थिए । जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले सिडिसीले सम्पन्न गरेका गतिविधीबाट सरकारले पनि पाठ सिक्नु पर्ने बताए । संस्थाले गरेका हरेक कार्यक्रममा पूर्ण सहयोग गर्ने समेत संयोजक सिंहले बताउदै सिंहले नागरिक संस्था र सरकारको संयुक्त योजनाबाट उपलब्धीमूलक कामहरु गर्न सकिने प्रस्ताव राखे ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले सामुदायिक विकास केन्द्र डोटीले जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने नमुना संस्थाको रुपमा रहेको चर्चा गरेका थिए । आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका लागि निरन्तर रुपमा अगाडि बढ्नु पर्ने‚ दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने‚ डोटी जिल्ला भरी कार्य क्षेत्र बनाई काम गर्नु पर्ने लगायतका सुझाबहरू समेत दिएका थिए ।
कार्यक्रममा समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमको प्रस्तुतीकरण दिनेश बम ‚ एकीकृत समुदाय विकास कार्यक्रमको प्रस्तुतीकरण एकराज बडु‚ स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको प्रस्तुतीकरण प्रवेश गौतम‚ एजुकेसन ईन इमर्जेन्सी परियोजनाको तिलक चौधरी र आर्थिक प्रगति प्रतिवेदनको प्रस्तुतीकरण लेखा संयोजक तीर्थराज पन्तले गरेका थिए । सामुदायिक विकास केन्द्र डोटीको ३० औं स्थापना दिवसको अवसरमा संस्थाले जिल्लामा विभिन्न क्षेत्रका सरोकारवाला निकायहरूलाई सम्मान समेत गरेको थियो ।
सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंह रहेका थिए भने अन्य विशिष्ट अथितीमा जिल्ला समन्वय समिति उपप्रमुख स्मृती चुनारा‚ आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का‚ पुर्विचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपती खड्का लगाएत‚ विभिन्न पालिकाका वडा अध्यक्ष‚ कार्यक्षेत्ररहेको पालीकाका शिक्षा शाखा प्रमुख‚ गैसस महासंघ‚ वर्ल्डभिजन‚ गुड नेर्वसका प्रमुख प्रतिनिधी‚पत्रकार‚ शिक्षक‚ अभिभावक‚ बालक्लब‚ सहकारी समुह लगाएको सहभागिता रहेको थियो । बाषिर्क समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेकाथिए ।
शिक्षामा योगदान गर्ने सम्मानीत
सिडिसी डोटीले आफ्नो ३० औं स्थापना दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न संघसंस्था र ब्यक्तिलाई सम्मान गरेको छ ।
बिहीबार सिलगढीमा सम्पन्न स्थापना दिवसमा सामाजिक बिकास मन्त्रालयका शैक्षिक योजना महाशाखा प्रमुख लोकेन्द्र प्रसाद भट्ट माफर्त सामाजिक विकास मन्त्रालय‚ डोटीका ९ वटै पालिका‚ पत्रकार महासंघ डोटी‚ गैसस डोटी‚ दातृसंस्थाहरु‚ जिल्ला स्थित रेडियो एफएम लगायतलाई सम्मान गरेको थियो । डोटीमा शिक्षा क्षेत्रमा नागरिक संस्थाका रुपमा योगदान दिने उदेश्य सहित हरि प्रसाद पन्त सिडिसीका संस्थापक हुन् । स्वर्गारोहण भएका पन्तलाई स्थापना दिवसमा कार्यक्रमका सहभागिहरुले सम्मान गरेका थिए ।
प्रतिक्रिया