भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु, एक घाइते

पाँजलो न्युज
२१ मंसिर २०७९ ७:२०
भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु, एक घाइते

कैलाली– जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ ।

मंगलबार राति ५० वर्षीय गौरीलाल ढुङ्गानाले ४० वर्षका जयराज भण्डारी र ३३ वर्षका पदमराज भण्डारीमाथि हसिया प्रहार गरेका थिए । भण्डारी दाजुभाइलाई घाइते अवस्थामा उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि पदमराज भण्डारीको मृत्यु भएको छ ।

घाइते जयराजलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी नायव निरीक्षक चङ्ख कठायतले जानकारी दिनुभयो ।

फरार गौरीलाल ढुङ्गानालको खोजी गर्न इलाका प्रहरी कार्यालय जोशीपुर र भजनीबाट दुईवटा टोली परिचालन भैरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । ढुङ्गाना नाताले भिनाजु र भण्डारीहरु साला पर्दछन् ।

राति बजारबाट एउटै अटोरिक्सामा आइरहेका तीनै जना गौरीलालको घर नजिकै उत्रिएपछि विवादले उग्ररुप लिएको र घटना भएको प्रहरी नायव परीक्षक कठायतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *