डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते

पाँजलो न्युज
२१ मंसिर २०७९ ७:१३
डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते

दिपायल – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रम गरेको थियो । गोरु गोठका गएका र घरको आगनमा खेलीरहेका मानिसहरूमाथि एउटै चितुवाले क्रमसः आक्राम गरेको थियो ।

चितुवाको आक्रमणबाट शारदा देवी बटाला र उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षिया हसिना बटाला र किथ्थी गिरी घाइते भएका हुन् ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षिया लाली बटालाको अवस्था मध्यम र बाकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालक सिद्ध बटालालाई घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको त्यहाँका वडाध्यक्ष खड्क साउदले बताए । छोरालाई बचाउन गाएकी सारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

त्यसअघि गाउँ नजिकै रहेको जंगलमा गोठाला गएका लालि, किथ्थी, हसिना र पुस्पालाइ पनि सोही चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।  चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *