कमप्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी मनोनित

कृष्ण मलासी
१७ मंसिर २०७९ १४:०६
कमप्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी मनोनित

जिल्ला सदरकुकाम शिलगढीमा आज कमप्यूटर एशोसीएसन डोटी शाखाले आफ्नो चौथो सधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा क्यानका केन्द्रिय सचिब हर्क सेटी रहेका थिए भने कार्यक्रमको सभापतित्व विवेकराज जोशीले गर्नु भएको थियो ।
तेस्रो अधिवेशन बाट जिल्ला अध्यक्षमा विवेकराज जोशी,उपाध्यक्षमा विक्रम केसी,सचिबमा हिक्मत भण्डारी र कोषध्यक्षमा सुभाष परीयार मनोनित भएका छन। भने,सदस्यहरुमा बिराट विष्ट,वसन्त बलायर र निरज सुनार चयन भएक छन ।
उक्त संंस्थाले जिल्लामा रहेका कमप्यूटर व्यावसायीहरु तथा आईटी संग सम्बन्धीत कर्मचारीहरुको हकहितको लागी काम गर्दै आएको र आउँदा दिनहरुमा पनि यस्तै काम गर्ने अध्यक्ष जोशीले बताए ।
जोशीको यो दोस्रो कार्याकल हो । दोस्रो अधिवेशनमा पनि जोशी मनोनित भएका थिए । यसका संस्थापक अध्यक्ष सन्तोष श्रेष्ठ रहनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *