रोकिएको मिनिट्रक दुर्घटना हुँदा तीन लाख बराबरको क्षति

कृष्ण मलासी
१४ मंसिर २०७९ ४:५४
रोकिएको मिनिट्रक दुर्घटना हुँदा तीन लाख बराबरको क्षति

डोटी, सिलगढी को जेरो प्वाइन्ट मा रोकिएको मिनिट्रक दुर्घटना हुँदा तीन लाख बराबरको सामान क्षति भएको छ। साहु खगेन्द्र पाठक को से१क ११५९ नम्बरको मिनिट्रक दिपायल देखि सिलगढी सम्म रिडलिङ्ग गर्दै जाने क्रममा सामान निकाल्न रोकिएको मिनिट्रक आफै ब्याक भै दुर्घटना भएको चालक सुवास राइले बताए ।उक्त मिनिट्रक करिब-करिब ४०/५० मिटर तल खसेको छ।                                                   उक्त मिनिट्रक मा किराना का विभिन्न किसिमका सरसामानहरु रहेको चालक सुवास राइले बताए ।करिब-करिब  तीन लाख बराबरको सामान हालेर दिपायल बाट सिलगढी तर्फ रिडलिङ्ग मा हिनेको साहु चन्द्र पाठकले बताए । उक्त मिनिट्रक मा चालक र सहचालक गरि दुई जना सवार रहेका थिए । दुर्घटनामा मानवीय क्षति न भएको प्रहरीले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *