शिखर १ मा पालिका स्तरीय भलिबल आयोजना हुने  

कृष्ण मलासी
१३ मंसिर २०७९ १३:०५
शिखर १ मा पालिका स्तरीय भलिबल आयोजना हुने   

डोटी  ।  डोटीको शिखर नगरपालिकामा अन्तर पालिका स्तरीय (एसपिए) मंसिर २८ गते देखि पुष २ गते सम्म अन्तर पालिका स्तरीय भलिबल अयोजना हुने भएको छ ।

डोटी ९ वटै पालिकाका खेलाडीहरु उपस्थीत हुने गरी भलिबल आयोजना गरीन लागेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विजेताले १ लाख २५ हजार रुपैयाँ र ट्रफी , उपविजेताले ५१ हजार नगद र ट्रफी ,तेस्रो हुनेले २१ हजार र ट्रफी पाउनेछ।

जिल्ला सदरमुकाम सिलगढीमा पत्रकार सम्मेलन गरि वडा अध्यक्ष दिपक बोगटीले जानकारी दिए । प्रतियोगिताका खेलहरू शिखर नगरपालिका वडा १ कपल्लेकीमा हुने जनाइएको छ।

सहभागी टोलीलाई मङ्सिर २२ गतेभित्र दर्ता गरिसक्न गरेको छ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।

यहि मंसिर २८ गते देखि पौष २ गते सम्म डोटीको कपल्लेकिमा सातौ एसपिए कपल्लेकि शिल्ड अन्तर पालीका स्तरिय भलिवल प्रतियोगित हुने भएको हो ।

एसपिए कपल्लेकी शिल्ड आयोजक समिति खेलको आयोजना  गर्ने छ  ।  साथै यो सातौं संस्करण एस पि ए कपल्लेकि शिल्ड अन्तर पालीका स्तरिय भलिबल प्रतियोगिता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *