डोटी– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले पूर्वमन्त्री प्रेम आलेको जमानत जफत गर्न मतदातालाई आग्रह गरेका छन् । डोटीबाट प्रतिनिधी सभामा उठेका एकिकृत समाजबादीका उम्मेदवार प्रेम आलेले मन्त्रालयमा असभ्य भाषा बोलेर बेइजत हुने काम गरेकाले जमानत जफत गर्न बताएका हुन् । अन्र्तराष्ट्रिय क्षेत्रमा समेत बदनाम हुने भाषा प्रयोग गरेर डोटीको बदनाम गर्ने मन्त्रीलाई कार्वाही गर्न नसकेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउबालाई लुते सरकारको संज्ञा समेत ओलीले दिए ।
आले ओलीकै कार्यकालमा बन मन्त्री बनेका थिए । पार्टीमा झै सरकारमा समेत हस्तक्षेपकारी भूमीका खेलेका कारण असन्तुष्ट बनेका आले तत्कालिन नेकपा केन्द्र पार्टी फुट्दा ८ सांसद लगेर माधव नेपाललाई साथ दिन पुगेका थिए । अन्तिम चरणमा आएर धोका दिएपछि ओली आलेप्रति आक्रोसित छन् ।
नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले डोटी पुगेर गठबन्धन दलहरुले आखामा छारो हाल्ने काम गरिरहेको आरोप पनि लगाएका छन् । दिपायलमा आयोजीत चुनावी सभालाई शनिबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् के.पी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरुले जनताका आखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र सार्वजनिक गरेको बताएका छन् । ‘कसैको प्रत्यक्ष राष्ट्रपति , कसैको प्रत्यक्ष प्रधानमन्त्री, कसैको संघियता चाहिन्छ, कसैको नभइ हुँदैन भनेर रंगिचंगी घोषणापत्र ल्याएका छन्’, ओलीले कटाक्ष गर्दै भने , ‘गठबन्धनले जितेमा कसरी संबिधान संशोधन गर्छन, कसरी कानुन बनाएर देश बिकास गर्छन । यो सबै जनतााको आखामा छारो हाल्ने काम हो ।’
ओलीले नेकपा एमालेले पश्चिम सेती निर्माण गरेरै छोडिने आश्वासन समेत मतदाताहरुलाई ओलीले बाँडेका छन् ।
प्रतिक्रिया