समाजसेवी भक्तराज जोशीले पूर्वीचौकीका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । जोशीले बुधर गएको भूकम्पमा आफन्त गुमाएका ६ परिवारका सदस्यलाई किरिया खर्चका लागि नगद सहयोग गरेका हुन् ।
गरिबीको रेखामुनि रहेका जनताहरू आफ्नै पीडा, अभाव र समस्याले झेलिएका बेला एक्कासी आउने भूकम्प जस्ता विपतले झन् समस्यामा पार्ने गरेको जोशीले बताए । “उहाँहरूको जीवन नै जोखिममा रहेको समयमा मैले गरेको स्यानो सहयोगले ठूलो राहत त मिल्दैन होला,”उनले भने,”तत्कालका लागि समस्यामा परेका जनताहरूलाई थोरै सहयोग होस् र उहाँहरूको मनोबल उच्च रहोस् भन्ने उद्येश्यले सान्तोना दिन व्यक्तिगत सहयोग गरेको हुँ ।”
बुधर बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण गैरागाउँ छेद विच्छेद बनेको छ । सुतिरहेको अवस्थामा भूकम्पले घर भत्काउँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । भूकम्पका कारण सो गाउँका ९ वटा घर पूर्णरुपमा क्षति पुगेको छ भने दर्जन बढी घरहरू चर्किएका छन् ।
भूकम्पको झड्काका कारण डोटी लगायत सुदूरपश्चिमका जनताहरूलाई त्रास फैलिएको छ।
प्रतिक्रिया