
(डाेटी) -बुधवार बिहान आएकाे भूकम्पले घर भत्काउँदा पूर्बिचाैकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ३ जनाकाे मृत्यू भएकाे खबर छ। उद्वार कार्यकालागि घटनास्थलमा खटिएका नेपाली कांग्रेस ३ का वडासभापति दिर्घ बाेहराका अनुसार टेलिफाेनमा कुराकानी गर्दै पदम बाेहराकी श्रीमति र २ छाेरी गरी ३ जनाकाे शब स्थानियबासिन्दाले बाहिर निकालिसकेका छन् । गम्भिर घाईते भएका अर्का प्रेम सिं बाेहरालाई पनि स्थानियले भत्किएकाे घरबाट बाहिर निकालेका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे वडासभापति बाेहराले बताएका छन् । पानीपट्टी गरेर आफुले प्राथमिक उपचार गरेपनि अवस्था सुधार नभएकाे उनकाे भनाई छ । प्रेम सिं बाेहरा हिजाेमात्रै भारतबाट घर फर्केका थिए । घाईते बाेहराकाे श्रीमति र २ छाेरी भने घरभित्रै फसेका छन् । स्थानियले उद्वारका लागि प्रयास गरिरहेका छन् ।
साे वडामा ७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेकाे स्थानियले बताएका छन् ।
डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरकाे भूकम्प जादा डाेटीमा धनजनकाे क्षती भएकाे छ ।
प्रतिक्रिया