मंसिर ४ गते हुने चुनावका लागि प्रदेशभर सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले प्रमुख प्रतिस्पर्धी दल हुन्। यसैगरी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस (विपी) र मौलिक जरोकिलो पार्टीले प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएका छन्। तर, यो पटक उल्लेखनीय संख्यामा प्रदेश र प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी परेका छन्। दलहरूले काम गर्न नसक्दा उल्लेखनीय संख्यामा स्वतन्त्र उम्मेदवार तयार भएको राजनीतिक विश्लेषक डाक्टर केदारचन्द्र भट्टले बताए।
प्रतिक्रिया