डोटी । मुख्य निर्वाचन कार्यालय डोटीले आसन्न मंसिर गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा खटिने कर्मचारीहरुको सुची तयार पारिसकेको छ ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार १ सय ७८ मतदान केन्द्रमा एक हजार चार सय २२ कर्मचारीहरुलाई विभिन्न जिम्मेवारी दिइएको बताए । पाण्डेयले दिएको जानकारी अनुसार ३ सय ५६ मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मतदान अधिकृतमा १ सय ६० कर्मचारी छन् भन् १८ जना शिक्षक परेका छन् । त्यस्तै सहायक मतदान अधिकृतमा १ सय ५२ कर्मचारी छन् भने २६ जना शिक्षक परेका छन् ।
सहायक कर्मचारीका रुपमा भने ८ सय ८१ तथा सहयोगीका रुपमा एक सय ७८ कार्यालय सहायक खटाइएका छन् । ८ कर्मचारीलाई भने जगेडामा राखिएको छ ।
जिम्मेवारी तोकीएका कर्मचारीहरुलाई बुधबारबाट तालिम दिन सुरु गरिने मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए । शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा खटिने कर्मचारीलाई बुधबारबाट तालिम दिने पाण्डेयको भनाइ थिए ।
तीन मतदानकेन्द्रमा महिलामात्रै
डोटीका ३ वटा मतदान केन्द्रमा सहायक मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिलालाई मात्र खटाउन लागिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
दिपायल सिलगढी नगरपालिकामा पर्ने डोटी बहुमुखि क्याम्पस, पप माबि र पद्म पब्लिक मुक्तिनारायण बिद्यालयको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको पुरै सेट महिला मात्रै हुने पाण्डेयले बताए ।
प्रतिक्रिया