डोटी / देश सभा ख का नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र बहादुर सिंहले पूर्वीचौकीका सडकह?को स्तरोन्नती र कालोपत्रे गरिने बताएका छन् । पूर्वीचौकी गाउँपालिकाको गैरागाउँमा आयोजीत चुनावी सभामा सिंहले सो कुरा बताएका हुन् ।
उनले अझै पनि पूर्वीचौकीका सबै गाउँह?मा सडक सुबिधाको पहुँच सहज नभएकाले विभिन्न दुर्घटना समेत भइरहेको बताउदै सडकको स्तरोन्नती र कालोपत्रेका लागि लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवारह?ले पहल गर्ने बताए । सडकको ट्रयाक नखुलेको ठाउँमा ट्रयाक खोल्छौ , साघुँरा सडक नाली सहित ग्राभेल हुन्छन् सिंहले चुनावी सभामा भने, मुख्य सडकह?को कालोपत्रे गर्ने काम पनि हामीले गर्ने प्रतिबद्धता गर्दछु ।
प्रतिक्रिया