
सुदूरपश्चिम सरकारले प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरी तोकेपछि उनी डोटी राजधानीको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए। राजधानी कैलालीकै गोदावरी मा तोकेपछि उनले प्रतिनिधि सभा सदस्य मा स्वतन्त्र उमेदवारि दिएको बताए ।
डोटी उद्योग वाणिज्य संघको दुइ कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका नरेन्द्र खड्का डोटीमा चिर परिचित छन।
स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका खड्काले प्रदेशको स्थायी राजधानीको मुद्दालाई प्राथमिकतामा राखेका छन्। तत्कालिन सरकारले धनगढीमा अस्थायी राजधानी तोकेसँगै राजनीतिक दलसँग बिच्किएका खड्का निरन्तर संघर्षमा रहेका छन।
प्रतिनिधिसभा सदस्यका लागि उनको स्वतन्त्र उम्मेदवारी लाई धेरै डोटेली जनताले सहयोग गर्ने बताइरहेका छन्। मैले डोटेली जनताको राजधानी को मुद्दा लिएर चुनावमा जाने निर्णय गरेको हुँ। जित भयो भने सबै डोटेली जनताको हुन्छ। हार भएपनि जनताकै हुन्छ,’ खड्काले भने। डोटेली जनता भन्छ “हाम्रो अधिकार खोसिएको हो”।हाम्रो अधिकार को लागी संघर्ष गर्ने युवा नेता खड्का लाई हामी सपोर्ट गर्नेछौ। युवाहरूले पनि खड्का लाई निकै सपोर्ट गरेको दिखिन्छ।
प्रतिक्रिया