
सरिता कठायत
डोटी / डोटी जिल्लाको जोरायलमा खोलामा नुहाउन गएका एक जना बालिका मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जोरायल गाउँपालिका ५ मा १७ वर्षीय बालिका नुहाउन भनेर आइतबार खोलामा गएको र धेरै बेरपछी घर नफर्किदा खोजितलासी गर्दा सोही खोलामा डुबेर मृत अवस्थामा भेटिएको जोरायल गाउँपालिका ५ का स्थानीयले बताए । असोज २० गते देखि निरन्तर परिरहेको पानिले गर्दा खोला बढेको भएर नुहाउन जाँदा बालिकाको डुबेर मृत्यु भएको हुन सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी गराए । इलाका प्रहरी कार्यालय जोरायल र इप्रका विपिनगरका सिनियर अधिकृत सहितको टोलि घटनास्थलमा पुगेर लासलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगेको भट्टले जानकारी गराएका छन् । उनका भनाइ अनुसार बालिकाको खोलामा डुबेर मृत्यु भएको हो वा अन्य केही कारण सो विषयमा थप अनुसन्धान भैरहेको बताए ।
प्रतिक्रिया