
दिपायल, डोटीको दिपायल सिलगढी नगरपालिका वडा न : ४ राजपुर हुदै के.आइ.सिह (सुल्लेख) जाने बाटो पहिरोले अवरुद्ध भएपछी श्री भैरव प्रसाद गण को बिपत व्यवस्थापन को टोली द्वारा बाटो सञ्चालनमा आएको छ। बाटो अबरुद्ध भएको खबर पाएपछि तुरुन्तै श्री भैरव प्रसाद गण को बिपत व्यवस्थापन टोली त्याहा पुगेको गणका गणपति जनमत कार्कीले बताए ।
विगतका दिनमा यसरी नै बाडि पहिरो जाँदा नेपाली सेना भएको कुनै आभास थिएन तर आज यो टोलि देख्दा मन हर्षित भएको त्यहाँका स्थानीयले बताए । जनताको दैनिक काम कारवाही लाई सहज बनाउन र जन धन को क्षति हुन नदिन श्री भैरव प्रसाद गण तत्पर रहेको गणपति जनमत कार्कीले बताए । डोटीले जनताको लागि २४औ घण्टा हामी तयार रहेको समेत बताएका छ्न।
प्रतिक्रिया