
सरिता कठायत
डोटी/ डोटी धार्मिक आस्था मनै देखि राखे सत् मार्गको बाटो अपनाउन सकिने डोटी जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताएका छन् । मानिसले सधै सत् मार्गका निम्ति धार्मिक कुरालाई बढी जोड दिनुपर्ने सिंहले बताए । नेपालीहरूको महान् चाड वडा दसैं,तिहार र छठ पर्वको आगमन सँगै बिहीबार ब्रह्माम कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियोे । असत्यमाथि सत्यको जीतका रूपमा वडा दसैं लाई मनाउने प्रचलन रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्काले बताए । समाजमा परापुर्व कालदेखि मनाउँदै आएका चाडपर्व,चालचलन जोगाउन व्रह्मामा कुमारी ईश्वरीय विश्व विद्यालयले महत्त्वपूर्ण भुमिका विगत लामो समयदेखि खेल्दै आइरहेको खड्काको भनाइ रहेको छ । चाडपर्वहरूले नेपालीहरूविच आपसी सद्भाव र मेलमिलाप गराउन मद्दत गर्छ डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । विजया दशमी तथा शुभ दिपवली स्नेह मिलन शुभकामना कार्यक्रममा सभापतित्वमा व्रह्मामा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरका प्रमुख सञ्चालिका जानकी दिदी
,जिल्ला समन्वय उपसंयोजक स्मृति चुनारा,शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल, बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष विष्ना देवी बम,उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेल,लगायत समाजसेवी,बुद्धिजीवी,सरकारी कर्मचारी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया