निजामती कर्मचारीले  फलफूल वितरण गरे

पाँजलो न्युज
१९ भदौ २०७९ १४:३५
निजामती कर्मचारीले  फलफूल वितरण गरे

भदौ १९ गते डोटी । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । आइतबार नेपालि निजामती कर्मचारी युनियनको १९ औं स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय नृप बहादुर वडले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल निजामती कर्मचारीहरुले उठाएका मागमा एक्यवद्धता रहेको उनले वताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले राज्यले निजामती कर्मचारीलाई बिभेदकारी गर्न नहुने बताए । नेपाल निजामती कर्मचारीले उठाएका जायज मागमा साथ सहयोग रहने उनले बताए । नेपाल निजामती कर्मचारी युनियन डोटीका अध्यक्ष लाल बहादुर बोगटीले फलफूल वितरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आफुहरु आन्दोलमा रहेकोे सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल निजामती कर्मचारीहरुको तलबमान , समायोजन ,अस्थायी करार ज्यालादारी कर्मचारीको न्यायोचित ब्यवस्थापन ,कर्मचारी सेवा ऐन लागू गर्ने लगायतका १० वटा मागहरू रहेकोेले सहयोग गरिदिन अनुरोध गरे। फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता , भ्रातृसंगठनका प्रमुख प्रतिनिधि , शुभेच्छुक संगठनका प्रमुख प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *