
भदौ १७ डोटी । जुवा खेलिरहेको आरोपमा नेपाल प्रहरीले जोरायलमा १२ जना पक्राउ गरेको छ । भदौ १७ गते दिउँसो १ बजे जोरायल गाउँपालिकाको वडा नं. २ मा नगद १ लाख २२ हजार रुपैया सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय बुडरबाट प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुको नेतृत्वमा गएको टोलीले जुवा खेलीरहेको अवस्थामा सुन्दर थापाको होटलबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा जोरायल गाउँपालिका वडा नं. २ बस्ने सागर थापा, बिर्ष बहादुर गुरुङ्ग, धिरज रावल, छपेन्न थापा, मेख बहादुर थापा, दिल बहादुर बिष्ट, पासाङ्ग लामा, रामचन्द्र ओझा, भिम रावल, सोनम थापा, भक्त बहादुर थापा र कैलाली चुरेगाउपालिकाका लोकेन्द्र साउँद रहेका छन् ।
प्रतिक्रिया