आदर्श गापाले तिज कार्यक्रम स्थगित गर्याे

पाँजलो न्युज
९ भदौ २०७९ १५:५०
आदर्श गापाले तिज कार्यक्रम स्थगित गर्याे

भदाै ९ , डाेटी । महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा आदर्श गाउँपालिकाले आयाेजना गर्ने भनिएकाे तिज बिशेष कार्यक्रम स्थगित गरेकाे छ ।
आदर्श गाउँपालिका वडा नं ६ गिरिचाैका स्थित स्वास्थ्य चाैकीमा कार्यरत अनमी जानकी बाेहरा खडायतकाे  बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि उनकाे शाेकमा तिज बिशेष कार्यक्रम स्थगित गरिएकाे उपाध्यक्ष लक्ष्मी राेकायाले बताएकी छिन् । उपाध्यक्ष राेकायाले अनमी खडायतकाे असामयिक निधन प्रति दुख: प्रकट गर्दै  श्रद्वाञ्जली ब्यक्त गरेकी छिन् ।
गाउँपालिकाले भदाै ११ गते पालिकास्तरिय तिज बिशेष कार्यक्रम आयाेजना गर्ने घाेषणा गरेकाे थियाे ।  उपाध्यक्ष राेकायाले बिहिवार  सुचना जारी गर्दै सम्बन्धित शाखामा शाेक सभा राखिएकाले तिज कार्यक्रम स्थगित गरिएकाे उल्लेख गरेकि छिन् । `पालिकाकै परिवारका सदस्यकाे दुखद निधन भएका बेला तिजकाे नाँचगानमा रमाउन मनले मानेन´, उपाध्यक्ष राेकायाले फाेनमा कुरा गर्दै नेपालपथसंग भनिन, ` तसर्थ तिजका सम्पुर्ण गतिबिधी पालिकाले स्थगित गर्ने निर्णयमा पुगेका छाैं ।´
अनमी खडायतकाे पेटमा  मृत बच्चा रहेकाले  उच्च रक्तश्रापका कारण मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *